एजेन्सी । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो ।
तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ ।
खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २१ चैत्र २०७८, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलंकाविरुद्ध पनि कप्तान सावित्राको ह्याट्रिक
श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण
पूर्णबहादुर नेपाली श्रीलंकाका राजदूत नियुक्त
श्रीलंकाले हटायो सवारी साधन आयात माथिको प्रतिबन्ध
श्रीलंकाको पर्यटन आम्दानी ५३ प्रतिशतले वृद्धि
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता