पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्तावमा आज मतदान

एजेन्सी

आइतबार, २० चैत्र २०७८, ०८ : ०५
पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्तावमा आज मतदान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावको टुंगो आइतबार लाग्दैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुने भएको हो  । अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खान स्वतः पदमुक्त हुनेछन् । 

३४२ सदस्य रहेको सदनमा गत साता खानको पाकिस्तान तेहरिक–इ–इन्साफले बहुमत गुमाएको थियो । गठबन्धनका केही सांसदहरु सरकारको विपक्षमा उभिएका थिए । त्यस्तै पीटीआईकै सांसदहरूले पनि खानविरुद्ध विद्रोह गरेका थिए । 

प्रधानमन्त्री खानले पदबाट राजीनामा नदिने बरु संघर्ष गरिरहने बताएका थिए । उनले आफूलाई हटाउन देशबाहिर षडयन्त्र रचिएको दाबी गर्दै शान्तिपूर्ण विरोध गर्न आफ्ना समर्थकहरूलाई सडकमा आउन अपील गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस