मृत अवस्थामा भेटिए विराटनगरमा एक चिकित्सक

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, १० : ३३
मृत अवस्थामा भेटिए विराटनगरमा एक चिकित्सक

विराटनगर । विराटनगरमा कार्यरत एक चिकित्सक आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । नोवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराज घर भएका यादव तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा मेडिकल अफिसर पदमा कार्यरत थिए ।  उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए। मृत फेला परेको उनको नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमा शव फेला परेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

२८ वर्षका डा. यादव बंगलादेशबाट एमबिबिएस गरेर फर्केपछि नोवेलमा कार्यरत थिए। घटनास्थलमा मोरङ प्रहरीको टोली पुगेको छ। मृतकका आफन्तले डाक्टरको हत्या भएको भान्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने मागसहित नाराबाजी सुरु गरेका छन्।

प्रतिक्रिया दिनुहोस