तीन जना डीआईजी एआईजीमा बढुवा

सफल खबर संवाददाता

विहीबार, १७ चैत्र २०७८, ११ : ४४
तीन जना डीआईजी एआईजीमा बढुवा

काठमाडौँ । सरकारले तीन जना तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । 

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ मा डीआईजीहरू पन्त, सिंह र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो । तर, उनीहरुको बढुवाका लागि भएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । प्रतिस्पर्धी डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले उजुरी दिएका हुन् । त्यसपछि लोकसेवाको उजुरी सुन्ने समितिले सिफारिसमा कुनै त्रुटि नदेखिएको निष्कर्ष निकालेपछि आज उक्त निर्णय भएको हो । 

बढुवा भएका तीन जनालाई आजै दर्ज्यानी चिह्न लगाइदिने कार्यक्रम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरेर उनीहरूलाई दर्ज्यानी चिह्न लगाउने कार्यक्रम रहेको प्रहरी प्रवक्ता एसएसपी विष्णकुमार केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस