काठमाडाैं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गरेरै निर्वाचन जाने विषयमा कुनै दुविधा नरहेको बताएका छन् ।
बिहीबार रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका छौं । निर्वाचनमा गठबन्धबबाटै जाने भन्नेमा हामी प्रष्ट छौं ।’
उनले अगाडि भने, ‘कांग्रेसको कार्यसमितिले के गर्ला भन्ने थियो, कांग्रेसले पनि गठबन्धनलाई करिबकरिब कायम राखेर जाने भनिसकेपछि त्यसमा कुनै दुविधा हामीभित्र छैन । हामी मिलेर नै जान्छौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र रुपमा होस् । परिणमले राजनीतिक स्थायित्वलाई एकतालाई प्रवद्र्धन गर्न मद्दत गरोस् भन्ने छ ।’
उनले अर्थतन्त्रलाई दुर्घटनाबाट बचाउन समयमै उपाय अबलम्बन गर्नुपर्ने बताए । त्यसका लागि सत्ता गठबन्धनभित्र पहल सुरु भइसकेको र उपाय निकालिने प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पूर्वलाई समाजवादी अभ्यासको आधार बनाउँछु: प्रचण्ड
राणाकालदेखि जेनजी आन्दोलनसम्मका सहिदलाई प्रचण्डको श्रद्धाञ्जली, भने– सपना अधुरै छ
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
हरिबोलसहित नेतृत्वको तत्काल आकस्मिक बैठक बोलाउन प्रचण्डसँग माग
लेखनाथ न्यौपानेको जित सुनिश्चित भएको ‘प्रचण्ड’को दाबी