चितवन । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रमा चितवन जिल्लाले फड्को मारेको बताएका छन । भरतपुर महानगरपालिका–२२ पटिहानीमा कभर्टहलको उद्घाटन गर्दै उनले पटिहानी खेल पे्रमी वडाको रुपमा विकास भएको बताए ।
कार्यक्रममा बोल्दै उनले कभर्ट हल देशकै एक नम्बर हल हुने बताए । उनले कभर्ट हलमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलहरु खेल्न सकिने बताए ।आफनो क्षेत्रमा कभर्ट हल बनाएकोमा उनले प्रदेश सरकारलाई धन्यवाद दिए ।
कभर्ट हलको लागि २ करोड निकासा भएको र उक्त बजेट केहि दिनमै आउने उनले बताए । कार्यक्रममा बोल्दै उनले चितवन जिल्लाले भौतिक पुर्वधार, सुरक्षा ,स्वास्थ्य र रोजगारीको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सुरु गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना