काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएकाे बताएका छन् ।
आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलकाे माेडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने बताए । कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहकाे निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेकाे थियाे ।
'संसदमा कांग्रेसकाे उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसकाे नेतृत्वमा सरकार निर्माण भयाे । यी सबै कुराकाे ख्याल राख्नुपर्छ । गठबन्धनको औचित्य बाँकी नै छ । वास्तविक धरातमा उभिन अनुराेध गर्दछु,' तालमेलकाे विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने ।
अब मतदाताले पनि चुनावमा लेखाजाेखा गर्ने बेला आएकाे उनले बताए । 'देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ,' सिंहले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह