चितवन । भरतपुर महानगर कृषि प्रर्वधन शाखाले माटो परिक्षणका लागि महानगरमा ल्याउँन किसानलाई आग्रह गरेको छ । महानगर परिसरमा घुम्ति माटो परिक्षण प्रयोगशालामार्फत निशुल्क परिक्षण भईरहेकाले त्यहाँ आफनो खेतबारिको माटो ल्याएर निशुल्क परिक्षण गरी लाभ लिन आग्रह गरेको हो ।
महानगरका कृषि तथा पशुपन्छि प्रर्वधन शाखाका प्रमुख तेजेन्द्र पौडेलले महानगर भित्रका सबै किसानले माटो परिक्षणका लागि ल्याउँन सक्ने बताए । भोली १६ गते सम्म यहाँ परिक्षण हुने भएकाले लाभ लिन उनले सबै किसानलाइ आग्रह गरे ।
महानगर भित्रका सहकारी मार्फत आफुहरुले माटो संकलन गरी अहिले माटो परिक्षण भइृरहेको र किसानले पनि माटो परिक्षणका लागी ल्याउन सक्ने उनले बताए । बागमती प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशालाको घुम्ति ल्याब मार्फत यहाँ माटो परिक्षण भएको हो । माटो परिक्षण पछि १७ गते रिपोर्ट सार्वजनिक हुने र रिपोर्टका आधारमा माटोलाई कुन चिजको कमी छ त्यही चिज किसानलाई सिफारिस हुने पौडेलको भनाई छ । महानगरका किसानलाई यो ठुलो अवसर भएकाले बेलैमा लाभ लिन उनको पौडेलको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
प्रकाश सिग्देल
मंगलबार, १५ चैत्र २०७८, १८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगर : छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ विद्यार्थी उत्तीर्ण
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज
काठमाडौँ महानगरद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति आवेदन खुला
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१