महानगर परिसरमा नि:शुल्क माटो परिक्षण शिविर संचालन, परिक्षणका लागि माटो ल्याउन किसानलाई आग्रह

प्रकाश सिग्देल

मंगलबार, १५ चैत्र २०७८, १८ : २४
महानगर परिसरमा नि:शुल्क माटो परिक्षण शिविर संचालन, परिक्षणका लागि माटो ल्याउन किसानलाई आग्रह

चितवन । भरतपुर महानगर कृषि प्रर्वधन शाखाले माटो परिक्षणका लागि महानगरमा ल्याउँन किसानलाई आग्रह गरेको छ । महानगर परिसरमा घुम्ति माटो परिक्षण प्रयोगशालामार्फत निशुल्क परिक्षण भईरहेकाले त्यहाँ आफनो खेतबारिको माटो ल्याएर निशुल्क परिक्षण गरी लाभ लिन आग्रह गरेको हो । 

महानगरका कृषि तथा पशुपन्छि प्रर्वधन शाखाका प्रमुख तेजेन्द्र पौडेलले महानगर भित्रका सबै किसानले माटो परिक्षणका लागि ल्याउँन सक्ने बताए । भोली १६ गते सम्म यहाँ परिक्षण हुने भएकाले लाभ लिन उनले सबै किसानलाइ आग्रह गरे । 

महानगर भित्रका सहकारी मार्फत आफुहरुले माटो संकलन गरी अहिले माटो परिक्षण भइृरहेको र किसानले पनि माटो परिक्षणका लागी ल्याउन सक्ने उनले बताए । बागमती प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशालाको घुम्ति ल्याब मार्फत यहाँ माटो परिक्षण भएको हो । माटो परिक्षण पछि १७ गते रिपोर्ट सार्वजनिक हुने र रिपोर्टका आधारमा माटोलाई कुन चिजको कमी छ त्यही चिज किसानलाई सिफारिस हुने पौडेलको भनाई छ । महानगरका किसानलाई यो ठुलो अवसर भएकाले बेलैमा लाभ लिन उनको पौडेलको आग्रह छ । 

प्रतिक्रिया दिनुहोस