गल्फ: वेस्टर्न ओपन पोखरामा

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, १५ : ५०
गल्फ: वेस्टर्न ओपन पोखरामा

काठमाडौं  । नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ । हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ । 

सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १५ एम्च्योरहरू सहभागी हुने आयोजकले जनाएको छ ।शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैंया, उपविजेताले ८८ हजार रुपैयाँ र तेस्रो हुने व्यक्तिले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, उत्कृष्ट २१ खेलाडीलाई पनि नगदले सम्मान गरिने आयोजकले बताएको छ । प्रतियोगितामा भुवन नगरकोटी, सञ्जय लामा, धना थापा र रमी मगरलाई वेस्टर्न ओपनको दाबेदारको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस