इटहरीमा बम विष्फोट, दुई जना घाइते

सफल खबर संवाददाता

मंगलबार, १५ चैत्र २०७८, ०९ : ५६
इटहरीमा बम विष्फोट, दुई जना घाइते

काठमाडौँ । सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइत भएका छन् । 

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिकास्थित नवजागृति टोलको एक घरमा सोमबार राति सुतली बम विष्फोट भएको हो । विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।

बिष्फोटबाट आँखामा चोट लागेका थापाकाे विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । हाल उनीहरूको अवस्था सामान्य छ।उनीहरू डेरामा बस्दै आएका थिए । 

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद् नेपालको पर्चासमेत बरामद गरेकाे छ । यो परिषद्ले गत फागुनदेखि संघीयता खारेज, हिन्दु राष्ट्र घोषणा, एमसीसी सम्झौता खारेजलगायतका माग राख्दै सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो। 

प्रतिक्रिया दिनुहोस