भरतपुर महानगरले बिज्ञप्तिनै निकालेर प्रनिस कन्सट्रक्सनलाई सचेत गरायो , व्यवसायीलाई आतंकित पार्ने काम भए कानुनको साहारा लिईने

प्रकाश सिग्देल

सोमबार, १४ चैत्र २०७८, १८ : ३८
भरतपुर महानगरले बिज्ञप्तिनै निकालेर प्रनिस कन्सट्रक्सनलाई सचेत गरायो , व्यवसायीलाई आतंकित पार्ने काम भए कानुनको साहारा लिईने

चितवन । बिज्ञापन करका नाममा ठेकेदारले बजारमा मनोमानी गरेपछी भरतपुर महानगरपालिकाले बिज्ञप्तिनै जारी गरी ठेकेदारलाई  सचेत गराएको छ ।भरतपुर महानगरपालिकाले २०७८÷७९ देखि २०८०÷८१ सम्मका लागि ठेक्का मार्फत विज्ञापन कर संकलन गर्ने जिम्मा प्रनिस कन्सट्रक्सन भरतपुर ११ लाई दिएको थियो ।

कर उठाउने नाममा ठेकेदारले व्यवसायीको कार्यालयमै पसेर ज्याजती गरेको भन्दै व्यवसायीक संघ संगठनले बिरोद्ध जनाएका थिए । ठेकेदारले सेन्ट्रल कलेजको कार्यालयमै पसेर फल्याक्स बोर्ड च्यातेका थिए । करको नाममा ज्याजति गर्न थालेपछि व्यवसायी तथा व्यवसायीक संघ संगठनले महानगरमा समाधानका लागि ध्यानाकर्षण समेत गराएका थिए । महानगरमा बसेको  सरोकारवाला साझेदार संस्था, उद्योग बाणिज्य संघ नारायणगढ़, चितवन उद्योग संघ, चेम्बर अफ कमर्स चितवनका प्रतिनिधिहरुको छलफलले तत्कालका लागि समस्या समाधान गरेको महानगरका प्रवक्ता अरुण पिडित भण्डारीले बताए ।

अर्को व्यवस्था नहुँदा सम्मका लागि कुनै पनि उद्योग व्यवसायको वस्तु तथा सेवाको विज्ञापन गर्ने उद्देश्य नभई विशुद्ध आफ्नो व्यवसायको परिचय गराउने प्रयोजनका लागि व्यवसाय रहेको घर या सटरमा राखिएका होर्डिङबोर्ड, लाइट बोर्ड, डिजिटल डिस्प्ले बोर्ड लगायतका विज्ञापन प्रचार सामाग्रीहरुमा कर असुल नगर्ने र आफ्नो व्यवसाय रहेको स्थल भन्दा अन्य स्थानमा राखिएका सचेतनामूलक सामाग्रीहरु बाहेकका जुनसुकै प्रकृति र साइजका विज्ञापनको कर संकलन गर्न पाउने सहमती भएको भण्डारीले बताए ।

त्यस्तै भरतपुर महानगरपालिका कार्यालयसँग भएको सम्झौता बिपरित भएका कार्यहरु तत्काल बन्द गरी व्यवसायीहरुसँग सभ्य, सरल व्यावसायिक मर्यादाको साथ सौहादपूर्ण वातावरण सिर्जना गरी विज्ञापन कर असुल गर्न  पनि बिज्ञपप्तिमा भनिएको छ ।  जबरजस्ति गरेमा  सम्झौताको बुँदा नं २१ एवं प्रचलित कानून बमोजिम हुने व्यहोरा बारे ठेकेदारलाइृ महानगरले सचेत पनि गराएको भण्डारीले बताए । महानगरले बिज्ञप्तिनै जारी गरेर ठेकेदार लाई आगामी दिनमा बिगतमा जस्तो कमजोरी नगर्न र जथाभाबी कर नउठाउन प्रवक्ता भण्डारी द्धारा जारी बिज्ञप्ति मार्फत सचेत गराईएको हो । बिज्ञप्ति मार्फत भरतपुर महानगरपालिकाको विकास निर्माण र सम्वृद्धिका साथ सुशासन कायम गर्ने विषयमा भ्रम तथा द्वुविधा सृजना नहने गरी उद्योगी व्यवसायी, नागरीक समाजबाट समेत विगतमा हुने गरेको सहयोगको उच्च सम्मान गर्दै महानगरपालिकाका निर्णयहरु कार्यान्वयनका लागी आगामी दिनमा समेत समन्वयकारी भुमिका प्राप्त हुनेछ भन्ने विश्वास समेत लिईएको छ ।  


 

प्रतिक्रिया दिनुहोस