काठमाडौं । १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् ।
चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर१ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिई जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ