काठमाडौं । १३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापको दमकका २४ वर्षीय सविन बिक, सुनसरीको इटहरीका २४ वर्षीय बादल बिक, महोत्तरीको बर्दिबासका २४ वर्षीय मनोज ठाकुर उदयपुरको रौतामाईका विशाल बिक रहेका छन् ।
चैत ८ गते उनीहरुले झापाको दमक नगरपालिका वडा नम्बर१ मा रहेको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले बोकेको गरगहना लुटपाट गरेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको अवस्थामा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ४ वेतनास्थित सडक खण्डमा उनीहरु उक्त चाँदीका गरगहना लुटी फरार भएका थिए ।
प्रहरीले उनीहरुको साथबाट लुटिएको सामान नियन्त्रणमा लिई जिल्ला अदालत मोरङबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ
स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
१०७४ किलो गाँजासहित चार जना पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ