सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।
वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट तल खसेकाे हाे । घाइतेकाे उद्धार जारी रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । घटनाकाे थप विवरण भने आउन बाँकी छ ।
बसकाे अगाडीकाे चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेकाे प्रहरीकाे प्रहरीकाे आशंका छ । घटनाकाे अनुसन्धान भईरहेकाे प्रहरीले जनायाे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु