ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० मा शनिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ । घाइते राई उपचारको लागि झापामा रिफर गरिएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते अन्य दुई जना प्राथमिक उपचार पछि घर फर्केको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते
पर्वतमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते