ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं १० मा शनिवार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय रुपेश राई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दाउरा लिएर सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ त ७७८ नम्बरको ट्याक्टर फुङ्लिङ नगरपालिका १० को भित्री सडकस्थित गुरुङगुम्बा नजिक दुर्घटना हुँदा राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा विशेष राई रहेको प्रहरीले जनाएको छ । घाइते राई उपचारको लागि झापामा रिफर गरिएको प्रहरीले जनाएको छ ।
सामान्य घाइते अन्य दुई जना प्राथमिक उपचार पछि घर फर्केको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते