काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देशलाई सक्षम बनाउन सक्छन् भनेर प्रश्न गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कति समय पाएमा देश सक्षम बनाउन सक्छन् भन्ने प्रश्नको जवाफ उनीहरुसँगै नभएको बताए ।
उनले ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको टिप्पणी गरे ।
‘बडो आदरपूर्वक भनौं, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देश बन्छ ?’ उनले प्रश्न गरे ।
अध्यक्ष लिङ्देनले मूलधारमा रहेको पार्टीको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिएपनि उनीहरुले देश नबनाउने दाबी गरे ।‘यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन् । यिनीहरुको दिमाग बाँझो भइसक्यो । अब त्यो उर्बरता आउनेवाला छैन । अब हामीलाई पर्खने छुट र सुविधा छैन’ उनले भने ।
अध्यक्ष लिङ्देनले राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देउवा र ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल
देउवा ओली भेटवार्ता गदैं, संसद पूर्नस्थापना की चुनाव भन्ने विषयमा छलफल हुने
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)