भिभो भी २३ ई काे ‘भि आर गोर्जस’ अभियान

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, १४ : ५४
भिभो भी २३ ई काे ‘भि आर गोर्जस’ अभियान

काठमाडौँ  । भिभोले हालै नेपालमा भी २३ ई सार्वजनिक गरेको छ। विश्व बजारमा धेरै प्रख्यात भी शृङ्खलामा हालै थपिएको भी २३ ईले नेपालमा ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ। दुई दिनभित्रमा देशभरबाट आएका धेरै प्रि–बुकिङ अर्डरहरूले पनि यसको सफलतालाई दर्शाएको छ।

भिभोले हालै भी २३ ई को ‘भि आर गोर्जस’ व्यक्तित्व झल्काउने नेपालका मुख्य प्रभावशाली व्यक्तित्वहरू–प्रदीप खड्का, सुकदेव कार्की, सजन श्रेष्ठ, भेक र एन्जल महर्जनलगायतसँग सहकार्य गरेको छ। भिभोले ती प्रभावकारी व्यक्तिहरूलाई उनीहरूको फ्यान बेससँग मानिसहरु खास गरी भिन्नताका बाबजुत सुन्दर छन् भन्ने मर्म जगाउन र आफ्नो सुन्दर रुपान्तरण कथाहरू बताउन प्रोत्साहित गरेको छ।

यस सहकार्यमा प्रदीप खड्काले यस पुस्ताले भित्री सुन्दरता अनुभव गर्न बढ्दो आवश्यकताबारे आफ्ना विचार राखे। उनी भन्छन्, ‘हाम्रो पुस्ताले सामाजिक सञ्जालको युगमा जन्मिने सुअवसर पाएका छन्। तैपनि हामी एकदमै कम सामाजिक भइरहेका छौं। हामी निरन्तर बाह्य प्रमाणीकरण खोज्दै अरू मानिसहरूले के सोच्छन् भनेर अल्झिरहेका छौं। यो आफ्नो कम्फट जोनबाट बाहिर निस्किएर आफ्नो वास्तविक भित्री क्षमता पहिचान गर्दै आफू जे जस्तो हुनहुन्छ, त्यसमै सुन्दर महसुस गर्नेे उच्च समय हो।’

उनले आफू जस्तो छ, त्यसमै भित्री सुन्दरता र शान्ति खोजिरहेको आफ्नो विगत ६–७ वर्षदेखिको रूपान्तरणको यात्रा पनि सुनाए। आफ्ना दर्शकहरूलाई आत्म–सन्तुष्टको अभिलाषा राख्न उनले उत्प्रेरित गरे।त्यसैगरी सोबर वाङ डी अर्थात छिरिङ वाङ डीले लागूऔषधको लतबाट मुक्तिको लामो रुपान्तरण यात्राबारे खुलासा गरे। ७ वर्ष लामो यो कठिन यात्रामा उनी पूर्ण जोश र इच्छाशक्तिका साथ सफल भए। उनले समान मानिसहरूलाई उनीहरूको भित्री सुन्दरता पत्ता लगाउन मद्दत गर्न सोबर नामक सुधार केन्द्र स्थापना गरे।

यो सहकार्यले धेरै मानिसहरूलाई आफ्नो रुपान्तरणको यात्राबारे खुलेर बताउन प्रेरित गर्‍यो। भिभोले सबैको आफ्नो एउटा सुन्दर कथा हुन्छ भन्ने विश्वासका साथ ‘सेयर योर गोर्जर स्टोरी’ नामक प्रतियोगिता सुरु गर्‍यो, जसमा सहभागी भई दुई भाग्यशाली विजेताहरूले प्रदीप खड्कासँग फिचर हुने अवसरका साथै प्रत्येकले रु पाँच हजार नगद पुरस्कार जित्ने मौका पाउने छन्।

यो प्रतियोगिता निकै सफल भयो जहाँ थुप्रै व्यक्तिहरु आफ्नो रुपान्तरणको कथा सुनाउन प्रेरित भएका थिए। धेरै सहभागीहरूमध्ये सृष्टि शाही र सबरिना कंसाकार हालै यस प्रतियोगिताका दुई भाग्यशाली विजेता घोषणा भएका छन्। ती दुबैले उनीहरूलाई आफ्नो साँघुरो दुनियाँबाट बाहिर आउन र भी २३ ई जस्तै आज आत्मविश्वास, जोश र सुन्दरताले भरिपूर्ण व्यक्ति बन्न हौसला मिलेको आफ्नो सुन्दर रूपान्तरणको कथा सुनाए।

भी २३ ईले आफ्ना प्रयोगकर्ताहरूलाई सुन्दर सेल्फी अनुभव प्रदान गर्न फ्रन्टमा उच्च रिजोल्युसनको ५० एमपी अटोफोकस पोट्रेट सेल्फी क्यामेराको विशेषता ल्याएको छ। यसमार्फत प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा भी २३ ईको ‘भि आर गोर्जस’ ट्यागको सही रुपमा अनुभव लिन पाउनेछन्। यसमा आइसोसेल ३.० प्रविधि छ, जसले तस्बिर खिच्ने क्रममा प्रकाशको संवेदनशीलता बढाएर फोटोको गुणस्तरलाई अझ बढाउँछ।

यसमा भएको ८ जीबी र्‍याम र १२८ जीबी/२५६ जीबी रोमको प्रिमियम स्पेसिफिकेसनले उत्कृष्ट अनुभव प्रदान गर्दछ। यो शक्तिशाली ४०५० एमएएच ब्याट्रीद्वारा सञ्चालित छ, जसमा ४४ वाट फ्ल्यासचार्ज छ।

प्रतिक्रिया दिनुहोस