काठमाडौँ । सिटिजन्स बैंकले हुम्लाका दुई वटा विद्यालयलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो सहयोग गरेको हो।
बैंकका नाम्खा गाउँपालिका याल्वाङका म्यानेजर कलबहादुर रावलका अनुसार बैंकले गाउँपालिकाको होस्टेल हिमालयन चिल्ड्रेन सोसाइटी र कैलाश मानसरोवरलाई प्रतिविद्यालय ५० हजार रुपैयाँ सहयोग गरेको छ।
उक्त सहयोग रकम विद्यालयले आवश्यकताअनुसार खर्च गर्न सक्ने म्यानेजर रावलले जानकारी दिए।यसअघि उक्त बैंकले जिल्लाका अन्य विद्यालयहरुलाई आर्थिक सहयोग गरेको थियो। बैंकले वर्सेनि विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आएको छ।हुम्लामा बैंकका तीन वटा शाखा सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १३ : ५३
लेखकबाट थप