आँगनबाटै हराइन् ४ वर्षीया बालिका

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, १३ : १७
आँगनबाटै हराइन् ४ वर्षीया बालिका

काठमाडौँ  । जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन्।आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको परिवारजनले जनाएका छन्। बालिकालाई कसैले अपहरण गरेर लगेको हुनसक्ने स्थानीयको आशंका छ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले हराएकी बालिकाको खोजी भइरहेको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस