धनगढी । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन् । तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उनले बताए ।
शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने स्पष्ट पारे ।
‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन्,’ भट्टराईले भने, ‘आवश्कयता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।’
उनले अगामी निर्वाचनमा मुख्यगरी नेकपा एमाले र नेपाली काँग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक विस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबीचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह