एजेन्सी । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।
घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०९ चैत्र २०७८, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा