नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख पहिलो साता लाप्राकमा हुने

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, ०८ : १५
नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख पहिलो साता लाप्राकमा हुने

काठमाडौं ।  ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ बैशाख ५ गते देखि ७ गते सम्म हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव गोरखा जिल्लाको लाप्राकमा हुने भएको हो । 

चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा बस्तुमा बनेका चलचित्रहरुलाई सहभागी गराइनेछ। महोत्सवमा सहभागी हुन चाहने चलचित्र टिमले चगचबलिभउबद्दिण्ठड२नmबष्।िअयm मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन्।

पर्यटन प्रवर्धनसंगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने उद्धेश्यका साथ उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाए । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरु अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आम दर्शकबीच अन्तरकृया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने बिषयमा वर्कशप हुने र चलचित्रकर्मीहरुको बीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माण सम्बन्धी अन्तरकृया हुने र उत्कृस्ट चलचित्रलाई जुरी टिमको निर्णय अनुसार अवार्ड प्रदान गरिने समेत अध्यक्ष सापकोटाले जानकारी दिए । कार्यक्रम गरिने क्षेत्र लाप्राकको साँस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुति समेत रहने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस