वीरगञ्जका लोसपा नेता राजेशमान सिंह जसपामा प्रवेश

सफल खबर संवाददाता

सोमबार, ०७ चैत्र २०७८, १३ : २४
वीरगञ्जका लोसपा नेता राजेशमान सिंह जसपामा प्रवेश

वीरगञ्ज । वीरगञ्जका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार वीरगञ्जमा आयोजित कार्यक्रममा नेता सिंह जसपामा प्रवेश गरेका हुन् ।

सिंह वीरगञ्जमा मधेस आन्दोलनको नेतृत्व गर्ने नेता मध्येका एक हुन् । नेता सिंहलाई जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गरेका थिए । तर एमालेले आफू भन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उनी असन्तुष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस