बुढेसकालमा सहारा नहुँदा पीडामाथि पीडा

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १२ : १०
बुढेसकालमा सहारा नहुँदा पीडामाथि पीडा

 काठमाडौं ।  लालझाडी गाउँपालिका-१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्नै लागेका छन्। रानाका श्रीमती सोनावत्ती रानाको उमेर पनि  ६५ वर्ष नाघ्नै लागेको छ।

रानाका श्रीमती शारीरिक रूपमा अपाङ्ग छिन्। राना दम्पतीका सन्तान भने छैनन्। सम्पतिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ। सो जग्गामा राना दम्पतिको कच्ची घर छ। दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानको जोहो मिलाउने गरेका छन्।

 ‘घरबासका लागि मात्रै जग्गा छ। त्यो पनि ऐलानी हो’ सोनावत्तीले भनिन् ‘कम्मरमुनिको भाग चल्दैन। खानाका लागि छिमेकीले जोहो मिलाइदिएका छन्। दुःख बिरामी परेका बेला दिदीको छोराले हेर्ने गरेको छ।’बस्नका लागि घर र शौचालयको व्यवस्था दिदीको छोराले गरेको उनले बताइन्।

 रामसिंहले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम पाउने गर्दछन्। सोनावत्तीले समेत अपांगता भत्ता पाउँछिन् सोही रकमले घरको केही खर्च चल्ने गर्दछ।दुवैजना बेलाबेला बिरामी पर्ने गरेकाले भत्ताको रकमले धान्दैन’ रामसिंहले भने, ‘जेठी सासूका छोराले उपचार गराउने गरेका छन्।’ अरूको भरमै बाँच्नु परेको उनको दुखेसो छ। पहिलाको श्रीमती रोगव्याधिका कारण बितेपछि रामसिंहले सानावत्तीसँग दोस्रो विवाह गरेका हुन्।अपांगता भएको थाहा थियो। घर सम्हाल्ने कोही चाहिएको थियो। त्यसैले सोनावत्तीसँग विवाह गरे’ उनले भने, ‘दुईपटक बिरामी भएका कारण गर्भमै सन्तान बिते। त्यसपछि सन्तानै भएनन्।’

 रामसिंह दमका बिरामी छन्। थोरै हिँड्दा सास फुलेर आउँछ। त्यसैले काम गर्न सक्दैनन्। उनकी श्रीमती शारीरिक रूपमा अपांग भए पनि खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्नका लागि हातको सहाराले घिस्रेर काम चलाउँछिन्। उनी सानै छँदा पक्षघात हुँदा अपांग भएकी हुन्। 

‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ’ रामसिंहले भने, ‘बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ। हात खुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो। निकै चिन्ता छ।’ दातृ नियकायको सहयोगमा गाउँपालिकाको स्वास्थ्य शाखाले दुवै दम्पतीको अवस्थालाई मध्यनजर गरी घरमै पुगेर कोरोना विरुद्धका दुईवटा खोप लगाएका छन्।

‘बिरामी पर्दा गाउँनजिकै रहेको आधारभूत स्वास्थ्य केन्द्रमा समेत पुग्न सक्दैनौँ। कहिले छिमेकी गुहार्छौ। कहिले अन्य सकैबाट औषधि मगाउँछौँ। बिरामीले थला पर्दा टाढाको अस्पताल जान भने सकिँदैन।

 दिदीको छोराले आफनो घर र यहाँ हेर्नुपर्ने भएपछि उसलाई समेत निकै कर गर्न सक्दैनौँ। रोगलाई दबाउँदै बस्नेसमेत गरेका छौँ’ सोनावत्तीले गहभरि आँसु खसाल्दै भनिन्, ‘निकै कष्टकर जीवन बिताउनु परेको छ। यस्तो कसैलाई नहोस्।’  लालझाडी गाउँपालिका-१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्नै लागेका छन्। रानाका श्रीमती सोनावत्ती रानाको उमेर पनि  ६५ वर्ष नाघ्नै लागेको छ।

रानाका श्रीमती शारीरिक रूपमा अपाङ्ग छिन्। राना दम्पतीका सन्तान भने छैनन्। सम्पतिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ। सो जग्गामा राना दम्पतिको कच्ची घर छ। दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानको जोहो मिलाउने गरेका छन्।

 ‘घरबासका लागि मात्रै जग्गा छ। त्यो पनि ऐलानी हो’ सोनावत्तीले भनिन् ‘कम्मरमुनिको भाग चल्दैन। खानाका लागि छिमेकीले जोहो मिलाइदिएका छन्। दुःख बिरामी परेका बेला दिदीको छोराले हेर्ने गरेको छ।’बस्नका लागि घर र शौचालयको व्यवस्था दिदीको छोराले गरेको उनले बताइन्।

 रामसिंहले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गतको भत्ताको रकम पाउने गर्दछन्। सोनावत्तीले समेत अपांगता भत्ता पाउँछिन् सोही रकमले घरको केही खर्च चल्ने गर्दछ। ‘दुवैजना बेलाबेला बिरामी पर्ने गरेकाले भत्ताको रकमले धान्दैन’ रामसिंहले भने, ‘जेठी सासूका छोराले उपचार गराउने गरेका छन्।’ अरूको भरमै बाँच्नु परेको उनको दुखेसो छ। पहिलाको श्रीमती रोगव्याधिका कारण बितेपछि रामसिंहले सानावत्तीसँग दोस्रो विवाह गरेका हुन्।

‘अपांगता भएको थाहा थियो। घर सम्हाल्ने कोही चाहिएको थियो। त्यसैले सोनावत्तीसँग विवाह गरे’ उनले भने, ‘दुईपटक बिरामी भएका कारण गर्भमै सन्तान बिते। त्यसपछि सन्तानै भएनन्।’रामसिंह दमका बिरामी छन्। थोरै हिँड्दा सास फुलेर आउँछ। त्यसैले काम गर्न सक्दैनन्। उनकी श्रीमती शारीरिक रूपमा अपांग भए पनि खाना बनाउने, कपडा धुने र भाँडाकुँडा सफा गर्नका लागि हातको सहाराले घिस्रेर काम चलाउँछिन्। उनी सानै छँदा पक्षघात हुँदा अपांग भएकी हुन्। 

‘शरीरमा थोरै तागत भएका बेला आफैं काम गर्दै आएका छौँ’ रामसिंहले भने, ‘बुढेसकालले छोपेपछि जीवन जिउन निकै सकस भएको छ। हात खुट्टा चल्नै छाडेपछि कसको सहारामा बाँच्ने हो। निकै चिन्ता छ।’दातृ नियकायको सहयोगमा गाउँपालिकाको स्वास्थ्य शाखाले दुवै दम्पतीको अवस्थालाई मध्यनजर गरी घरमै पुगेर कोरोना विरुद्धका दुईवटा खोप लगाएका छन्।

‘बिरामी पर्दा गाउँनजिकै रहेको आधारभूत स्वास्थ्य केन्द्रमा समेत पुग्न सक्दैनौँ। कहिले छिमेकी गुहार्छौ। कहिले अन्य सकैबाट औषधि मगाउँछौँ। बिरामीले थला पर्दा टाढाको अस्पताल जान भने सकिँदैन।

 दिदीको छोराले आफनो घर र यहाँ हेर्नुपर्ने भएपछि उसलाई समेत निकै कर गर्न सक्दैनौँ। रोगलाई दबाउँदै बस्नेसमेत गरेका छौँ’ सोनावत्तीले गहभरि आँसु खसाल्दै भनिन्, ‘निकै कष्टकर जीवन बिताउनु परेको छ। यस्तो कसैलाई नहोस्।’   

प्रतिक्रिया दिनुहोस