गैँडाकोट। नवलपुरको गैंडाकोट नगरपालिका वडानम्वर ४ का महिलाहरूलाई एक दिने अचार बनाउने तालिम प्रदान गरिएको छ । आरभ मल्टि एग्रो मिडिया कम्पनी प्रा.लि. भरतपुरको आयोजनामा शुभश्री टोल विकासमा रहेका महिलाहरुलाई तालिम प्रदान गरिएको अध्यक्ष प्रकाश सिग्देलले जानकारी दिए ।
महिलाहरुलाई घरेलु लघु उद्यमी वन्न सहयोग पुग्नेगरी स्थानीय उत्पादनलाई प्रयोग गरेर अचार बनाउन सिकाईएको उहाँको भनाई छ । तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी,खाद्य निरीक्षक प्रदिप काफ्ले र साल्ट टेड्रीङ कर्पोरेशनका विकास अधिकारीले प्रशिक्षण दिएका हुन ।
अचार बनाउने व्यवहारिक अभ्यास सिकाएर उद्योग दर्ता, खाद्य ऐन तथा आयोडिन परीक्षण गर्न समेत सिकाइएको थियो ।नगरप्रमुख छत्रराज पौडेलले महिलाहरूलाई आत्मनिर्भर गराउन व्यवसायिक विभिन्न विषयगत तालिम दिंदै आएको बताउंदै सिपलाई व्यवहारमा लैजान सुझाव दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपानेले अन्य देशका नागरिकले गैँडाकोटका कतिपय पेशा ओगटेको भन्दै सीप भए खाली हात बस्नुनपर्ने बताए। सिप लिएपछि व्यवसायिक वन्न सुझाव दिँदै वडाबाट हुनसक्ने सहयोगका लागि आफू तयार रहेको बताए । आफूभित्र रहेको अथाह क्षमतालाई पहिचान गर्नसक्नुपर्ने बताउँदै कोभिडले महिलालक्षित धेरै कार्यक्रम गर्न नसकेको बताए। विदेशबाट कमाएर नेपाल पठाउने रकम उत्पादनक्षेत्रमा लगाउन उनको सुझाव थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य संगीता घिमिरे पण्डीत, नेकपा एमाले नवलपुरका सदस्य गिरीराज उपाध्याय, नेपाल वार एशोसियसन नवलपुरका सदस्य जनक ढुङ्गाना, शुभश्री टोलविकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे, शिवशक्ति तेल मिल रिफाइनरी उद्योगका संचालक टिपक सापकोटा, जनक आधारभूत विद्यालयका प्रधानाध्यापक वामदेव घिमिरे,मैत्री समाजका अध्यक्ष अमृतकान्त पण्डित, सामाजिक अगुवा विश्वनाथ नेपाल,डिल्ली सिग्देलको उपस्थिती थियो ।
मौलाकालि बचत समूहका अध्यक्ष सीता घिमिरेले धन्यवाद मन्तव्य राखेका कार्यक्रममा बोल्ने वक्ताहरुले सिप लिएपछि व्यवहारमा लैजान र कम्तिमा घरमा आवश्यक पर्ने अचार आफै बनाउन सुझाव दिएका थिए ।
तालिमलाई शिवशक्ति तेल मिल रिफाइनरी उद्योग र मौलाकालि बचत समूहको सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन भरतपुरको प्राविधिक सहयोग रहेको थियो ।समापन कार्यक्रममा बोल्दै सहभागीमध्येबाट दिव्यश्वरी वाग्लेले एक दिने सिपले अचारको व्यवसायिक उत्पादनमा लाग्न प्रेरणा मिलेको बताए । साथै तालिममा सहभागीहरुले व्यवहारिक अभ्यासका क्रममा बनाएको अचार अतिथिहरुलाई उपलब्ध गराएका थिए ।
सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रशिक्षक , घननाथ अधिकारी, प्रदिप काफ्ले, बिकास अधिकारी, जनक आधारभुत बिद्यालयका प्रधानाध्यापक बामदेब घिमिरे, मौलाकालि बचत समूह अध्यक्ष सीता घिमिरे, शिबशंक्ति तेलमिल रिफाईनरि उद्योगका अध्यक्ष दिपक सापकोटा र शुभश्री टोल बिकास संस्थाका अध्यक्ष रामचन्द्र घिमिरे लाई सम्मान पत्र द्वारा सम्मान प्रदान गरिएको थियो ।कार्यक्रम अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १४ : ०१
लेखकबाट थप