काठमाडौं । स्थानीय तह निर्वाचन आउन ५६ दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ । १५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् ।
स्थानीय तह निर्वाचन आगामी ३० वैशाखमा हु“दै छ । यद्यपि, स्थानीय तहको चुनावमा पाँच दलीय गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जित हासिल गर्न निकै कठिन र चुनौती छ ।
दुईपटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि ओली ‘स्वस्थ्य व्यक्ति’सरह सक्रिय छन् । जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उनले चुनावी अभियान’दयगत बोल्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा एमालेले ६० देखि ७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ । तर, त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि फलामको च्युरा खाएसरह हुने बामविश्लेषकको भनाइ छ ।
पछिल्लोपटक गत २ चैतमा काठमाडौंमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई ओलीले ६० देखि ७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशनसमेत दिए । स्थानीय तहमा एमालेको राम्रो जित हासिल गराउनसक्ने सर्तमा सांसदलाई ‘पुनः टिकट दिने’ आश्वासनसमेत उनले दिएका छन् ।
गत २ चैतमा संसदीय दल बैठकमा सहभागी उनी त्यसअघि जिल्ला दौडामा थिए । अहिले उनी हरेक दिन काठमाडौं उपत्यकाबाहिर पुगिरहेका छन् । ओली दैनिक १८ घण्टा खट्ने गरेको उनको सचिवालयले जनाएको छ ।
निकै दौडधूप गरे पनि स्थानीय तह निर्वाचनमा एमालेलाई ‘पहिलो बनाउन’ भने उनीसामु चुनौतीको पहाड छ । ‘एमाले पहिलो बन्ने दाबी गरिरहे पनि उनले दाबी गरे’जस्तो सहज भने छैन । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ चैत्र २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुने ओलीको जिकिर
संसद् विघटनको मुद्दामा साधारण तारेख तोकिएकोप्रति ओलीको आपत्ति
देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको ओलीको आरोप
‘भोकमरी अन्त्य गरिसक्यौँ, अब सुकुमबासी र गरिबहरूको ध्यान दिन्छौँ’ : ओली
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
‘नेपालको चुनावी परिणाम पनि बांङ्लादेशको जस्तै हुन्छ’: ओली