काठमाडौं । गण्डकी प्रदेशको पोखरास्थित यातायात व्यबस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा तत्कालिन समयमा गण्डकी प्रदेश पोखराको यातायात व्यबस्था कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बराल रहेका छन् ।
सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गराई उनीहरुले भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । पोखरामा २०७५ मंसिर र २०७६ कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरुले अनुत्तीर्णलाई उत्तीर्ण गराएका थिए ।
अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी परीक्षाको परिणाम फेरवदल गर्ने कार्यमा उनीहरु संलग्न रहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
तत्कालीन उपकुलपति, राजिष्टार र निर्देशकसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर