धनगढी । प्रहरीले होलीलाई मध्यनजर गर्दै कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लामा होलीलाई मध्यनजर गर्दै सामान्य अवस्थाभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिने छ ।
बढी भिडभाड हुने स्थान, सामूहिक होलीका कार्यक्रम भएका स्थानमा थप प्रहरी परिचालन गरिने प्रवक्ता जोशीले बताए । यसका अलावा मोबाइल टोलीलाई पनि प्रभावकारी रूपमा परिचालन गरिने उनले बताए ।
‘आवश्यक परेको स्थानमा खटाउनका लागि हामीले रिजर्भ फोर्स पनि राखेकाछौं,’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘भिडभाड हुने स्थानमा विशेष निगरानी गरिने छ ।’ उनले मोटरसाइकलमा तीन/चार जना राखेर चलाइएको पाइएमा त्यसतालाई कारबाही गरिने बताए ।
प्रवक्ता जोशीले होलीका नाममा मादकपदार्थ सेवन गर्ने र हो हल्ला गर्ने तथा जबरजस्ती रंग दल्न खोज्नेलाई कारबाही गरिने बताए । उनले चाडपर्वका नाममा लागूपदार्थ सेवन गर्ने, लागूऔषध सेवन गर्ने गरिएको भन्दै त्यसो गरेको पाइएमा पनि जो कोहीलाई कारबाही हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाका प्रहरी कार्यालय खैरहनीको नव–निर्मित भवन समुद्घाटन
गैरहाजिर २० जना प्रहरी कर्मचारीको नाममा प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
मिराजको समूहलाई प्रहरीले माइतीघरबाट हटायो
माइतीघरमा जेन जेडलाई प्रहरीले रोक्यो
प्रहरी सहायक निरीक्षक हरि भट्टराई बने बागमतीकै सर्वोत्कृष्ट
गुण्डागर्दीमुक्त चितवन, शान्ति सुरक्षामा प्रहरीको प्रभावकारी भूमिका