धनगढी । प्रहरीले होलीलाई मध्यनजर गर्दै कैलालीमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लामा होलीलाई मध्यनजर गर्दै सामान्य अवस्थाभन्दा केही बढी सुरक्षाकर्मी परिचालन गरिने छ ।
बढी भिडभाड हुने स्थान, सामूहिक होलीका कार्यक्रम भएका स्थानमा थप प्रहरी परिचालन गरिने प्रवक्ता जोशीले बताए । यसका अलावा मोबाइल टोलीलाई पनि प्रभावकारी रूपमा परिचालन गरिने उनले बताए ।
‘आवश्यक परेको स्थानमा खटाउनका लागि हामीले रिजर्भ फोर्स पनि राखेकाछौं,’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘भिडभाड हुने स्थानमा विशेष निगरानी गरिने छ ।’ उनले मोटरसाइकलमा तीन/चार जना राखेर चलाइएको पाइएमा त्यसतालाई कारबाही गरिने बताए ।
प्रवक्ता जोशीले होलीका नाममा मादकपदार्थ सेवन गर्ने र हो हल्ला गर्ने तथा जबरजस्ती रंग दल्न खोज्नेलाई कारबाही गरिने बताए । उनले चाडपर्वका नाममा लागूपदार्थ सेवन गर्ने, लागूऔषध सेवन गर्ने गरिएको भन्दै त्यसो गरेको पाइएमा पनि जो कोहीलाई कारबाही हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी
नेपाल प्रहरीमा जवान पदको माग संख्यामा वृद्धि
प्राविधिक प्रहरीतर्फ विभिन्न पदमा भर्ना खुल्यो