विश्व निकेतनले मनायो हीरक जयन्ती

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १४ : ४६
विश्व निकेतनले मनायो हीरक जयन्ती

काठमाडौं । विश्व निकेतन माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । मंगलबार विद्यालयले एक कार्यक्रम गरी हीरक जयन्ती मनाएको हो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । सो क्रममा उनले सामुदायिक विद्यालयको सुधारका लागि शिक्षक, अभिभावक र सरकारकले संयुक्त पहल गर्नुपर्ने बताए । सरकारले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे कार्यक्रम अगाडि ल्याएको उनले जानकारी पनि गराए ।

हीरक महोत्सवका अवसरमा पद्य ज्योती तथा मीरा ज्योती नामक अक्षयकोषको स्थापना गरिएको छ । वार्षिक रूपमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको हो । १० लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिएको सौरभ ज्योतीले घोषणा गरेका हुन् ।अरू विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाइएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस