पन्जाबका मुख्यमन्त्रीको सपथ समारोहलाई किन बनाइयो पहेलो ट्रेडमार्क ?

एजेन्सी

बुधबार, ०२ चैत्र २०७८, १३ : ४२
पन्जाबका मुख्यमन्त्रीको सपथ समारोहलाई किन बनाइयो पहेलो ट्रेडमार्क ?

नयाँ दिल्ली । आम आद्मी नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको सपथ लिँदैछन् । स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा मानले सपथ लिँदैछन् । उनको सपथ समारोहलाई लिएर भगत सिंहको खटकर कलन गाउँ नै पहेलपुर बनेको छ । 

पहेलो रंग हास्यव्यङग्य क्षेत्र हुँदै राजनीतिमा उदायका भगवान्त मानको ट्रेडमार्क हो । उनको सपथमा भाग लिन आउने सहभागीलाई पहेलो पगरी र पहेलो सल लगाउन आह्वान गरिएको छ । खटकर कलन गाउँको कार्यक्रम स्थललाई पहेलो रंगमा सजाइएको छ ।

सपथपछि ४८ वर्षीय मान सन् १९७० पछिकै प्रदेशको कान्छो मुख्यमन्त्री हुनेछन् । सपथ समारोहमा नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पनि सहभागी हुनेछन् । आफूसँगै पन्जाबका ३ करोड मानिसले सपथ लिने मानले बताएका छन् ।

११७ सिट भएको पन्जाबमा आम आदमी ९२ सिटमा विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस