एआइजी बढुवा सिफारिसमा आइजिपी थापा किन भए असन्तुष्ट ?

पत्रपत्रिकाबाट

बुधबार, ०२ चैत्र २०७८, ०८ : ०१
एआइजी बढुवा सिफारिसमा आइजिपी थापा किन भए असन्तुष्ट ?

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन।

दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री खाली कागजमा सही गरेर बैठक कक्षबाट बाहिरिएका थिए।

‘प्रहरी संगठनमा गरेको कामको मूल्यांकन आइजिपीले गर्ने हो कि बाहिरबाट गर्ने हो, यसले समग्र प्रहरी संगठनमा असन्तुष्टि उत्पन्न गराउँछ, निर्वाचनको समयमा हुन लागेको बढुवा प्रक्रियामा मन्त्रालयले हस्तक्षेप गर्दा संगठनको गतिशीलतामा आँच आउँछ’, आइजिपी क्षेत्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रहरी प्रधान कार्यालयले डिआइजीहरू ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह र उत्तम सुवेदीलाई बढुवा सिफारिस गर्न चाहेको थियो। तर बैठकमा बढुवा समितिका अध्यक्ष एवं लगृहसचिव टेकनारायण पाण्डेले वसन्त पन्त, सिंह र रविन्द्र धानुकको नाम प्रस्ताव गरेका थिए।

सचिव पाण्डेले माथिको आदेश भन्दै तीनजनाको नाम प्रस्ताव गरेका हुन्। त्यसमा आइजिपी क्षेत्रीले असहति प्रकट गरेका थिए। बढुवा समितिले प्रदान गर्ने नम्बरमा तलमाथि गर्न आइजिपीलाई दबाब दिइएको थियो। बढुवा समितिको सदस्य सचिव आइजिपी हुन्छन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस