नवलपरासी (पूर्व) । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टा रहेकी छन् । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० फागुन २०७८, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या