सिंहदरबारमा सुर्ती-चुरोट निषेध

पत्रपत्रिकाबाट

शुक्रबार, २८ बैशाख २०७५, ०६ : ५०
सिंहदरबारमा सुर्ती-चुरोट निषेध

काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा सुर्तीजन्य पदार्थ लैजान नपाइने भएको छ । आजको नागरिक दैनिकमा समाचार छ । स्वास्थ्य मन्त्रालयको अनुरोधमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कर्यालय र गृह मन्त्रालय सिंहदरबार परिसरलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन तयार भएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसँग परामर्श गरेपछि सिंहदरबार परिसरमा सुर्तीजन्य पदार्थ निषेध गर्न पत्राचार गरिएको उनका सचिव राजेश शर्माले जानकारी दिए । उनका अनुसार मन्त्रालयले दुई दिन अगाडि दुवै निकायलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस