काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आजदेखि एक महिने अभियान सुरु गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ अभियान सुरु भएको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ । अभियानकै लागि बझाङ सदरमुकाम चैनपुरमा उद्घाटन कार्यक्रममा पुगेका कांग्रेस नेता रमेश लेखकले कार्यकर्तामा अत्यन्तै उत्साहा भेटेको बताएका छन् ।
कम्युनिष्टले अघिल्लो चुनावमा स्थिरता, विकास र आर्थिक सम्वृद्धिको नारा बाढेर व्यवहारमा नदेखाउँदा जनतामा निरासा मात्रै छाएकोले कांग्रेसमा आकर्षण बढेको नेता लेखकको भनाइ छ ।
उनले भने, बझाङमा कांग्रेसको पक्षमा माहोल छ । म एक दुई हप्ता यसै बसेर चुनावी अभियानमा सहभागी हुन्छु । गाउँघर,टोल र वडामा घुम्छु ।’
यस्तै आज कांग्रेस नेतृ लक्ष्मी परियार उदयपुर गाइघाटस्थित आफ्नै निर्वाचन क्षेत्रमा सहभागी भइन् । उनले पनि उद्घाटन कार्यक्रम अत्यन्तै उत्साहपूर्ण रहेको बताईन् ।
उनले भनिन् ‘कार्यक्रमको सुरुदेखि अन्त्यसम्म सवै कार्यकर्ता सहभागी भए । यो एक महिनाभित्र हामी प्रतिस्पर्धी दलसँग चुनावमा जित्नेगरी जान्छौं भन्ने छ ।
कम्युनिष्ट पार्टीका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छरेको भ्रम झण्डै ५० प्रतिशत चिरिइसकेको अवस्था छ । ’
कार्यकर्ता खोज्न केहि ढिला गर्नुभयो भन्ने केहि गुनासो आएपनि कार्यकर्ता आक्रोसित नै चाहिँ भइनसकेको उनले बताईन् ।
अभियान अवधिभर कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल