माधव नेपालसहित १४ सांसद्‌विरुद्धको रिट पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १३ : ३१
माधव नेपालसहित १४ सांसद्‌विरुद्धको रिट पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश जारी गरेको छ। 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको आइतबारको ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजान आदेश दिएको हो । तर, पूर्ण सुनुवाईको लागि मिति तोकिन बाँकी छ ।

नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्‌को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए। अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस