सुनको मुल्य बढ्यो,कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, ११ : ०३
सुनको मुल्य बढ्यो,कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज आइतबार २ सयले बढेर एक लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस