काठमाडौं । तत्कालीन माओवादी जनयुद्धका प्रभावशाली नेता समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रकाश सपूतको गीत सही रहेको बताएका छन् ।
माओवादीका नेता कार्यकर्ताले जनयुद्धका महिलालाई नै बद्नाम गर्नेगरी सपूतले गीत ल्याएको भनि आलोचना गरिरहेका बेला भट्टराईले भने गीतमा आपत्ति मान्नुपर्ने कुरा केही नरहेको बताएका हुन् ।
‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु– त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’, भट्टराईले ट्वीटरमा भनेका छन् ।
भट्टराईले ‘तथ्यबाट सत्य खोज’ भनेर मार्क्सेली चिन्तन पद्धतिले पनि भन्ने उल्लेख गर्दै भनेक छन्, ‘अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु–महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्। हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन, यो सत्य स्वीकारौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी : बाबुराम भट्टराई
नयाँ शक्तिहरू किन अलमलमा पर्यो विमर्ष गर्ने धेरै पाटा छन्: बाबुराम भट्टराई
‘बुढीगण्डकी आयोजनाको हत्या, राष्ट्रघाती निर्णय’ : बाबुराम भट्टराई
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
दिल्लीमा बाबुरामलाई भाजपा नेताको प्रश्न : 'नेपालमा राजतन्त्र फर्किन लागेको हो ?'
जनताको समृद्धिको सपना पूरा हुनेछ : अध्यक्ष भट्टराई