काठमाडौं । नेपाली कांगेस सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन दोस्रो चरणमा गएको छ । मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५ , वंशलाल तामाङले ६ सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मत मात्र प्राप्त गरे । शनिबार राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।
अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् । निर्वाचन आइतबार गर्ने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाही-४ केन्द्रित अध्ययनका लागि विषयगत टोली गठन
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
कांग्रेस सभापति थापा आज सर्लाही जाँदै
कांग्रेसले गर्यो जनकपुरको चुनावी सभा स्थगित, यस्तो छ कारण
राष्ट्रिय सभा चुनाव आज, कांग्रेसले गठबन्धनमा के गर्ला ?