काठमाडौं । नेपाली कांगेस सिन्धुपाल्चोकको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन दोस्रो चरणमा गएको छ । मतगणनामा सभापतिका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि फेरि मतदान हुन लागेको हो ।
पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार जंगबहादुर तामाङले ७ सय ५ , वंशलाल तामाङले ६ सय २९ र प्रेमध्वज लामाले ४ सय ९३ मत मात्र प्राप्त गरे । शनिबार राति अबेर सकिएको मत गणनामा सदर मत १८२७ थियो भने ४० मत बदर भयो ।
अब जंगबहादुर र वंशलालबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुने भएको छ । प्रेमध्वज बाहिरिएका छन् । निर्वाचन आइतबार गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)