ओली नक्कली कम्युनिष्ट हुन – खनाल

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १७ : ०८
ओली नक्कली कम्युनिष्ट हुन – खनाल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टी नक्कली कम्युनिष्ट भएको टिप्पणी गरेका छन् ।कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए ।

एकीकृत समाजवादीको भक्तपुर नगर समितिले शनिबार गरेको नगरस्तरीय भेलामा नेता खनालले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीजस्ता यहाँं धेरै नक्कली कम्युनिष्ट नेता र पार्टी रहेको बताए ।‘ओली जस्ता कम्युनिष्टको खोल ओढेर बसेकालाई जनताले अब चिनेर भ्रम हटाउनुपर्छ’, उनले भने । उनले यस्ता नक्कली कम्युनिष्टले दलाल पुँंजीपति वर्गको सेवा गर्ने जनाए ।कार्यक्रममा पार्टी भक्तपुर नगर समितिका अध्यक्ष प्रविण बाटी, जिल्ला अध्यक्ष श्याम वस्नेत, ओमचरण अमात्य, डा। राजेन्द्र कोजूलगायतले कम्युनिष्ट आन्दोलनलाई अगाडि वढाउनुपर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस