कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआर सुरु

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १५ : ३९
कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआर सुरु

काठमाडौँ  । कामना सेवा विकास बैंकले आफ्नो व्यवसाय रहेका ग्राहकहरुलाई नेपालपे क्युआर सुविधा सुरु गरेको छ। यसमार्फत कामना सेवा बैंकका ग्राहकहरुलाई क्युआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ।

नेपालपे क्युआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा सञ्चालित क्युआरको मापदण्ड कार्यान्वयन गर्ने प्रमुख पूर्वाधार हो। जसले नेटवर्क र मर्चेन्टस्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसञ्चालनमा मद्दत गर्नेछ।

कामना सेवा विकास बैंक नेशनल पेमेन्ट स्विचमा आबद्ध हुने विकास बैंकमध्ये पहिलो र नेपालपे क्युआरलाई समर्थन गर्ने पनि पहिलो विकास बैंक हो। यससँगै कामना सेवाका आफ्नो व्यावसाय रहेका ग्राहकहरुले अब नेपालपे क्युआरमार्फत सक्षम भएका कुनै पनि उपकरणहरूद्वारा आफ्ना ग्राहकहरूबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टको रूपमा दर्ता गर्न सक्नेछन्। जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरुको वालेट वा कनेक्ट आईपीएसको मोबाइल बैंकिङमार्फत यो सुविधा प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस