जाल्पा लघुवित्तको सेयर कारोबार भोलिदेखि सुरु हुने

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १५ : १७
जाल्पा लघुवित्तको सेयर कारोबार भोलिदेखि सुरु हुने

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) भोलि आइतबारदेखि कारोबारमा आउने भएको छ । नेप्सेमा कम्पनीको सेयर सूचीकृत भएपछि आइतबारदेखि कारोबारमा आउने भएको हो ।

नेप्सेले कम्पनीको कारोबार संकेत जाल्पा दिएको छ । लघुवित्तले सर्वसाधारणलाई जारी गरेको ५ लाख २२ हजार कित्ता र १० लाख ८७ हजार कित्ता संस्थापक सेयर गरी कुल १६ लाख सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरको सुरुवाती कारोबारका लागि नेप्सेले न्यूनतम १६४।६० रुपैयाँ र अधिकतम ४९३।८० रुपैयाँ मूल्य तोकेको छ । आइतबारदेखि कम्पनीको सेयर मूल्य यही न्यनतम र अधिकतममूल्यको बीचमा रहेर कारोबार हुने छ ।

प्रतिक्रिया दिनुहोस