वीरगञ्जका नगर प्रमुख विजय कुमार सरावगी एमालेमा प्रवेश

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १५ : ११
वीरगञ्जका नगर प्रमुख विजय कुमार सरावगी एमालेमा प्रवेश

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नगर प्रमुख सरावगी–२०७४ को स्थानीय निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए ।

शनिबार वीरगञ्जमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नगर प्रमुख सरावगीलाई दोसल्लाह ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले पार्टी अध्यक्ष ओली जस्तो निर्णय गर्ने क्षमतावान नेता अन्य कुनै राजनीतिक दलमा नभएको भन्दै आफू ओलीको व्यक्तित्वबाट प्रभावित भएको बताए ।

उनले जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई हरेक कार्यमा असहयोग गरेको गुनासो गरेका छन् । उक्त पार्टीमा हाल पनि जातीवादको राजनीति हावी भएको भन्दै जातीवादको राजनीतिले जसपा राष्ट्रिय पार्टी बन्न नसक्न उनले बताए ।

प्रतिक्रिया दिनुहोस