सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, १४ : ०८
सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौँ ।  सानिमा बैंक र स्प्यारो पे प्रालि खल्तीबीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङमार्फत चेक आउट गर्न सक्नेछन्।

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमबीच स्प्यारो पे प्रालि खल्ती का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्का र बैंकका तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटीएम सञ्चालनमा छन्।  

प्रतिक्रिया दिनुहोस