सेञ्चुरी बैंकले मनायो ११ औं वार्षिकोत्सव

सफल खबर संवाददाता

शनिबार, २८ फागुन २०७८, ११ : ३७
सेञ्चुरी बैंकले मनायो ११ औं वार्षिकोत्सव

काठमाडौँ  । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले ११ वर्षअघि ‘सरल बैंकिङ सबैका लागि’ भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसाबमा ठूलो र मजबुत बैंक बनेकोे उल्लेख गरे।

बैंकले आगामी दिनमा ग्राहकलाई अझ प्रभावकारी छिटो छरितो एवं गुणस्तरीय सेवा प्रदान गर्ने उनले बताए।११ वर्षमा बैंकको चुक्ता पूँजी २ अर्बबाट ९ अर्ब ५५ करोड, निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ९२ अर्ब ५७ करोड, ऋण प्रवाह १ अर्ब १८ करोडबाट ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको तथा ४४ जना कर्मचारीबाट एघार सयभन्दा बढी पुगेको र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्षम भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बैंकलाई यहाँसम्म ल्याउन अतुलनीय योगदान गरेका सबैलाई सम्मान व्यक्त गर्दै आगामी दिनमा बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने, वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने बताए।

कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो वार्षिकोत्सवको अवसरमै बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकका अध्यक्ष श्रेष्ठले लुम्बिनी आँखा इन्स्टिच्युटको व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई आँखा उपचारमा प्रयोग हुने महत्वपूर्ण उपकरण खरिदको लागि रु ४ लाख २ हजार २८० र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरमा विद्यार्थीहरुका लागि खानेपानी पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष डा सुरेश बस्नेतलाई रु एक लाख सहयोग रकम हस्तान्तर गरेका छन्।

साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा भगवान कोइरालालगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई रु ५० हजार, नेपाल रेडक्रस सोसाइटी कमलामाई सिन्धुलीलाई गरिब तथा विपन्नलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापना गर्न रु एक लाख सहयोग प्रदान गरेको छ।एघारौं वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरुमार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, सचेतना अभिवृद्धि, स्वास्थ्य शिविर, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइलगायतका गतिविधि सम्पन्न गरेको छ।बैंकको बेलबारी, बुटवल, धरान, लामीडाँडा, बेलाटारी, चिचिला, गरुडा, जलेश्वर, गौशाला, जनकपुर, बर्दिवास, सिराहा, धुलिखेल, पनौती, साँगा, मनहरी, धार्के, टेकु, बुटवल, लेते मुस्ताङ, नेपालगञ्ज, बेलटारी, धनगढी, सतीलगायतका शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन्।

बैंकको रंगेली शाखाले डेन्टल शिविर र झुम्का शाखाले आँखा जाँच शिविर सञ्चालन गरेका छन्। कटारी शाखाले स्थानीय राधा मन्दिर सरसफाइ, कमलामाई शाखाले कालीमाई मन्दिर, हलेसी शाखाले ऐतिहासिक हलेसी महादेव मन्दिर सरसफाइ, आठबीसकोट शाखाले नगरपालिकाको वडा नंं ९ मा डष्टबिन वितरण गरेका छन्।त्यसैगरी विराटनगर, भैरहवा, परासी र कोहलपुर शाखाले रक्तदान कार्यक्रम गरेका छन्। विराटनगरमा ५१ जना, भैरहवामा ३६ जना, परासीमा २८ जना र कोहलपुरमा २६ जनाभन्दा बढीले रक्तदान गरेका थिए।बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  

प्रतिक्रिया दिनुहोस