काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ ।
बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने गरेको प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समूह ‘टालटुल’ गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढाउने पक्षमा उभिएको छ ।
कार्यकारिणी समितिको बैठकमा डा। भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए । यसअघि समेत भट्टराई समूहले यो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने पक्षमा यादव समूह उभिएपछि हालकै व्यवस्थाअनुसार पार्टी अगाडि बढ्ने भएको छ ।
‘बहुपदीय र सामूहिक नेतृत्वमा जानुपर्ने माग बैठकमा उठेको छ । तर, हाललाई सोअनुसार निर्णय हुन सकेन,’ बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बहुपदीय र सामूहिक नेतृत्वमा गए उपेन्द्रजीको मनोमानी चल्दैन, त्यही भएर बाबुरामजीले उठाउँदै आएको सो विषयमा केही पनि निर्णय हुन सकेन ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै