काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ ।
बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने गरेको प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समूह ‘टालटुल’ गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढाउने पक्षमा उभिएको छ ।
कार्यकारिणी समितिको बैठकमा डा। भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए । यसअघि समेत भट्टराई समूहले यो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने पक्षमा यादव समूह उभिएपछि हालकै व्यवस्थाअनुसार पार्टी अगाडि बढ्ने भएको छ ।
‘बहुपदीय र सामूहिक नेतृत्वमा जानुपर्ने माग बैठकमा उठेको छ । तर, हाललाई सोअनुसार निर्णय हुन सकेन,’ बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बहुपदीय र सामूहिक नेतृत्वमा गए उपेन्द्रजीको मनोमानी चल्दैन, त्यही भएर बाबुरामजीले उठाउँदै आएको सो विषयमा केही पनि निर्णय हुन सकेन ।’ राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ फागुन २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको कोशी र मधेश प्रदेश समितिमा नयाँ नेतृत्व
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता