गृहमन्त्री भेट्न पुगिन् चिनियाँ राजदूत

सफल खबर संवाददाता

शुक्रबार, २७ फागुन २०७८, २० : २२
गृहमन्त्री भेट्न पुगिन् चिनियाँ राजदूत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होइ यान्छीले भेटवार्ता गरेकी छन् । 

राजदूत यान्ती खँणलाई भेट्न गृह मन्त्रालय पुगेकी थिइन् । सो भेटघाटमा दुई देशबीचको आपशी सम्बन्ध अझै सुदृढ गर्ने विषयमा छलफल भएको बताइएको छ । 

भेटमा चिनियाँ उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो ।

चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे कुराकानी भएको थियो । तर अहिलेसम्म उनको नेपाल भ्रमणबारे औपचारिक निर्णय भएको छैन ।