रुकुमपूर्वको ओढारमा ठूलो संख्यामा सकेट बम फेला

सफल खबर संवाददाता

शुक्रबार, २७ फागुन २०७८, १० : २४
रुकुमपूर्वको ओढारमा ठूलो संख्यामा सकेट बम फेला

रुकुमपूर्व । रुकुमपूर्वको एक ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेका छन् । 

सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा रहेको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुमपूर्वले जनाएको छ । 

बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती बमहरू पुराना रहेकाले युद्वकालमै लुकाएर राखिएको हुनसक्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस