चिनियाँ विदेश मन्त्री नेपाल आउने

एजेन्सी

बुधबार, २५ फागुन २०७८, १२ : ००
चिनियाँ विदेश मन्त्री नेपाल आउने

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् ।

विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।’ दुबैतिर तयारी भइरहेको छ । मिति तोक्न बाँकी छ । छिट्टै हुने सम्भावना छ’, परराष्ट्र स्रोतले भन्यो ।

एमसीसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन् ।

वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस