सुर्खेत । कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । झण्डै आठ महिनापछि मंगलबार विनियोजन अध्यादेश-२०७८ र आर्थिक अध्यादेश-२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक-२०७८ र आर्थिक विधेयक, २०७८ संसदबाट उक्त बजेट बहुमतले पास भएको हो ।
तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण संसदबाट पारित हुन नसकेपछि बजेट अध्यादेशबाट ल्याइएको थियो ।
सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको नवौं अधिवेशन सुचारु भएको फागुन २८ गते ६० दिन पुग्नु अगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।
अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय