स्वैच्छिक अवकाशको सूचना दिन आनाकानी

पत्रपत्रिकाबाट

विहीबार, २७ बैशाख २०७५, ०७ : ३७
स्वैच्छिक अवकाशको सूचना दिन आनाकानी

काठमाडौं । सरकारले कर्मचारी स्वैच्छिक अवकाश प्रक्रियासम्बन्धी सूचना लुकाएको छ । कर्मचारी समायोजन ऐनअनुसार अघि बढेको स्वैच्छिक अवकाश प्रक्रियाबारे जानकारी माग्दै सम्बन्धित निकायमा आवेदन दिए पनि सूचना नपाएको कर्मचारीले गुनासो गरेका छन् ।

स्वैच्छिक अवकाश रोजेका ५ कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्मचारी स्वैच्छिक अवकाश इकाई र सूचना आयोगमा पटक–पटक यससम्बन्धी सूचना माग्दै निवेदन दिएका थिए ।

मन्त्रालयले ऐनविपरीत सूचना गोप्य राखेको हो । ती कर्मचारीले सूचना माग गर्दै बुधबार सूचना आयोगमा पुनस् निवेदन दर्ता गराएका छन् । पहिलो पटकको निवेदनमा आयोगले सूचना उपलब्ध गराउन निर्देशन दिए पनि मन्त्रालयले टेरेन । आजको कान्तिपुरले यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस