ठाकुर बिरामी भएपछि पार्टी नै सुनसान

पत्रपत्रिकाबाट

विहीबार, २७ बैशाख २०७५, ०७ : ३५
ठाकुर बिरामी भएपछि पार्टी नै सुनसान

काठमाडौं । राष्ट्रिय जनता पार्टी नोपलका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ । पार्टीका गतिविधि शून्य झैं भएका छन् । आजको नागरिकले दोस्रो पृष्ठमा यो समाचार छापेको छ ।

गत वैशाख ८ गते बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसमम बस्न सकेको छैन । पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन ।

भारतको मेदान्त अस्पतालमा मुटुको एञ्जिग्राफीको अप्रेसन गरेपछि ठाकुर अहिले सानोठिमीस्थित आफ्नो निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । उनले भेटघाट र छलफलका कार्यक्रम बन्द गरेका छन् । पार्टीका अन्य नेताहरुसँग पनि उनी सकेसम्म कम बोल्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस